आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

पहिरोले इलाममा २ जनाको मृत्यु‚ ५ बेपत्ता


  • 937
    SHARES
  • https://indrenipost.com/posts/1295
    कात्तिक ३, २०७८ बुधबार
    पहिरोले इलाममा २ जनाको मृत्यु‚ ५ बेपत्ता

    इलाम । पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन् । यस्तै‚ पाँचजना घाइते भएका छन् ।

    प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका(१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ ।

    पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र स्थानीयले दुईजनाको उद्धार गरेको छ । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    मंगलबार राति नै फाकफोकथुम ३ मेलकोटेमा नेत्रबहादुर मोटेको घर पहिरोले पुरिंदा घरभित्र रहेका चारजनामध्ये तीनजनाको सकुसल उद्धार गरिएको छ । पहिरोमा परी नेत्रबहादुरकी श्रीमती ४९ वर्षीया नारायणीदेवी बेपत्ता भएकी छन् ।

    यसै गरी मंगलबार राति नै फाकफोकथुम(३ सल्लेरीका नैनसिंह कटुवालको घर पहिरोले पुरिंदा घरभित्र सुति रहेका चारजना बेपत्ता भएका छन् । बेपत्ताहरुको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गरिरहेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij