आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

वर्षाले मच्चाएको वितण्डा

बाढी-पहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

आज मौसममा सुधार


  • 937
    SHARES
  • https://indrenipost.com/posts/1304
    कात्तिक ४, २०७८ बिहीबार
    बाढी-पहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

    काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ ।

    यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३र१३ जनाको मृत्यु भएको छ ।

    यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

    विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आज भने मौसममा सुधार आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij