आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको आफ्नै सामाजिक सञ्जाल


  • 982
    SHARES
  • https://indrenipost.com/posts/1311
    कात्तिक ४, २०७८ बिहीबार
    अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको आफ्नै सामाजिक सञ्जाल

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका छन् । फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा सक्रिय नरहेका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका हुन् । 

    यसअघि अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए। त्यससँगै उनले आफैंले नयाँ सामाजिक सञ्जाल ल्याउन सक्ने  संकेत गरेका थिए । 

    ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)को मातहतमा ट्रम्पले ‘ट्रुथ सोसल’ लागेका हुन् । आगामी महिनाबाट केही सीमित प्रयोगकर्ताबाट यसको सुरुवात हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । टीएमटीजीका अनुसार यो एप अहिले नै एप्पलको एप स्टोरमा उपलब्ध छ । 

    प्रतिबन्ध लाग्नुभन्दा पहिला ट्रम्पले आफ्ना कुराहरु विशेषगरी ट्वीटरको माध्यमबाट प्रयोगकर्तामाझ पुर्‍याउँदै आएका थिए । आफ्नो सामाजिक सञ्जाल ल्याउने घोषणा गर्दै ट्रम्पले भनेका छन्, ‘हामी यस्तो संसारमा छौं, जहाँ ट्वीटरमा तालिबानको ठूलो उपस्थिति छ तर तपाईंहरुले रुचाएको राष्ट्रपति (ट्रम्प स्वयं)लाई भने रोक लगाइएको छ । यो स्वीकार्य छैन ।’ 

    गत मे महिनामा ट्रम्पले ‘फ्रम द डेस्क अफ डोनाल्ड ट्रम्प’ नामको एक ब्लग सुरु गरेका थिए । तर, एक महिनामा नै यो ब्लग बन्द गरिएको थियो ।

    यस वर्षको सुरुमा ट्रम्पका पूर्व सहयोगी जसोन मिलरले पनि आफ्नै सामाजिक सञ्जाल ल्याएका थिए । तर, ट्रम्प भने अझै पनि यसमा जोडिएका छैनन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij