काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कूल आठ हजार ५४९ जनाको नमूना परीक्षण गर्दा ५४५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४७० र एन्टिजेन विधिबाट ७५ संक्रमित पहिचान भएका थिए ।
उक्त अवधिमा कूल ६ हजार ५८६ जनाको पीसीआर र एक हजार ९६३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ७२६ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको मन्त्रालयले जनाएको छ ।