आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

भारी वर्षाले मच्चाएको वितण्डा

अपडेट : देशभर बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ४ पुग्यो


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/1325
    कात्तिक ५, २०७८ शुक्रबार
    अपडेट : देशभर बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ४ पुग्यो

    काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । गृह मन्त्रालयको बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन भने ४३ जना बेपत्ता भएका छन् ।

    बाढी पहिरोले सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । पाँचथरमा २८, इलाममा १४, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १र१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ। २० जना घाइते र १३ जना अझै बेपत्ता छन् ।

    सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् । डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ । २१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

    बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक रहेको छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । विपद्का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij