आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

वर्षाले मच्चाएको वितण्डा

बाढी प्रभावित विराटनगर विमानस्थल भोलिदेखि सञ्चालनको तयारी


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1330
    कात्तिक ५, २०७८ शुक्रबार
    बाढी प्रभावित विराटनगर विमानस्थल भोलिदेखि सञ्चालनको तयारी

    काठमडौं । लगातारको बाढीले जलमग्न भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनको तयारी गरिएको छ । 

    विमानस्थलमा जमेको पानीअझै बाहिरी नसकेका कारण विमानस्थल ४ दिनदेखि अवरुद्ध भएको हो ।

    बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।

    ‘पानी घटिसकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ ।’

    विमानस्थल मंगलबार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो । नजिकमा रहेको बास्ता खोला साँघुरिँदा विमानस्थल डुबानमा परेको थियो ।

    विराटनगरका फोहोर बास्ता खालामा फालिँदा र फोहोरले पानी जाम हुँदा पानी बाहिर गएको खरेल बताउँछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij