आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

कोरोना कहर

सोमबार १ लाख डोज फाइजर खोप नेपाल भित्रिँदै, कात्तिक २८ गतेबाट लगाइने


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1340
    कात्तिक ५, २०७८ शुक्रबार
    सोमबार १ लाख डोज फाइजर खोप नेपाल भित्रिँदै, कात्तिक २८ गतेबाट लगाइने

    काठमाडौँ । अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको १ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ । कोभ्याक्स सुविधा मार्फत उक्त खोप नेपाल भित्रिन लागेको हो ।

    यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिएका छन् । 

    ुसोमबार खोप नेपाल भित्रिन लागेको र कात्तिक २८ गतेबाट लगाउन सुरु गरिनेु खोप शाखा प्रमुख दाहालले हाम्रा कुरालाई बताए ।

    क्यान्सर, मुटु, मधुमेह, दम, एचआइभी लगायतका रोग एवं रोग प्रतिरोधात्मक क्षमता कम भएका १२ वर्षमाथिका नागरिकलाई यो खोप लगाइने भएको हो ।

    खोप शाखा प्रमुख दाहालका अनुसार विशेषज्ञ सेवा रहेका देशभरका विभिन्न २४ वटा सरकारी अस्पतालमा खोप लगाइने छ ।

    काठमाडौँ उपत्यकाभित्र ९ वटा र उपत्यकाबाहिर १५ वटा अस्पतालबाट सातै प्रदेशमा कात्तिक २८ गतेबाट खोप लगाइने भएको हो ।

    फाइजर खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्छ । विभिन्न अध्ययनले यो खोप कोभिड१९विरुद्ध ९० प्रतिशत भन्दा बढी प्रभावकारी रहेको देखाएको छ ।

    फाइजर खोपको बुस्टर सुट अर्थात् तेस्रो डोज समेत लगाउन थालिएको छ । तेस्रो डोज लगाउँदा खोपको प्रभावकारिता ९५.६ प्रतिशत देखिएको कम्पनीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij