आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

२४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु


  • 865
    SHARES
  • https://indrenipost.com/posts/1341
    कात्तिक ५, २०७८ शुक्रबार
    २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर ९३२ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

    देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५८ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij