सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शिक्षक र शिक्षामन्त्रीबीचको वार्ता सकियो, जुटेन सहमति 


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8869
    बैशाख १३, २०८२ शनिबार
    शिक्षक र शिक्षामन्त्रीबीचको वार्ता सकियो, जुटेन सहमति 

     
    काठमाडौं । नेपाल शिक्षक महासंघ र शिक्षामन्त्री रघुजी पन्तबीच आज भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता टुंगोमा पुग्न नसकेको हो । 

    वार्तामा महासंघले आफ्नो धारणा राखेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।  “महासंघको स्पष्ट धारणा र अहिले भइरहेका गतिविधिहरू नवनियुक्त शिक्षामन्त्रीसमक्ष राखियो,” उनले भनिन्, “ निरन्तर वार्ता जारी राख्ने कुरा भएको छ । आन्दोलन रोकिँदैन ।” 

    आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने उनले जानकारी दिइन् । आज पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शिक्षकले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दैछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij