सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो ल्याउने पहल गर्छु अध्यक्ष दाहाल


  • 613
    SHARES
  • https://indrenipost.com/posts/9339
    असार ९, २०८२ सोमबार
    सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो ल्याउने पहल गर्छु अध्यक्ष दाहाल

    काठमाडौँ, ९ असार  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन। 
    सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटघाटका क्रममा उनले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐन कानुन  जतिसक्दो छिटो ल्याउन पहल गर्ने बताए । 

    प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद, कैलाश चौधरी, माया पन्त र जानकीदेवी कुँवर सहितको टोलीले अध्यक्ष दाहालसँग भेटेर सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। 

    उहाँहरूले सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गर्दा प्रदेशका सरोकारहरूलाई पनि सम्बोधन गर्नुपर्ने, प्रदेशलाई स्रोत, साधन र अधिकारसम्पन्न बनाउनुपर्ने लगायतका विषय पनि राखेको दाहालले बताएका छन। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij