बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका ६ हजारभन्दा बढी मुद्दा


  • 262
    SHARES
  • https://indrenipost.com/posts/9845
    साउन २९, २०८२ बिहीबार
    काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका ६ हजारभन्दा बढी मुद्दा

    काठमाडौँ, २९ साउनः जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको थुप्रो लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ मुद्दा बैंकिङ कसुरका रहेका छन् ।
    सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटनामा पनि वृद्धि भएको छ । हाल परिसरमा दैनिक औसत ३५ मुद्दा दर्ता हुने गरेको प्रमुख अधिकारीले बताए ।
    आर्थिक वर्ष २०८०।८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए भने चालु आर्थिक वर्ष २०८१।८२ मा यो संख्या ३२ पुगेको छ । त्यस्तै, ज्यानमार्ने उद्योगका १४० मुद्दा समेत परिसरमा दर्ता भएको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij