सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

कान्तिपुर इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीको १५ औँ इकाई सम्मेलन


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/9398
    असार १७, २०८२ मंगलबार
    कान्तिपुर इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीको १५ औँ इकाई सम्मेलन

    ललितपुर, धापाखेल –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी प्राविधिक विशेष जिल्ला अन्तर्गतको कान्तिपुर इन्जिनियरिङ क्याम्पस, धापाखेलको १५ औँ इकाई सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ।

    सम्मेलनबाट  सन्दीप बास्कोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ मूल इकाइ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

    नवगठित समितिमा रितेश दाहाल र शंकर भुजेल उपाध्यक्ष चयन भएका छन् भने सचिवमा असल कुँवर र सहसचिवमा एकराज सिवाकोटी, युना सुवेदी र सुदिप पाण्डे चयन भएका छन्। कोषाध्यक्षमा नागेन गौतमले जिम्मेवारी पाएका छन्। समितिको निर्वाचनबारे जानकारी प्राविधिक विशेष जिल्ला समितिका अध्यक्ष सितेस झाले जानकारी दिए ।
    सम्मेलनको उद्घाटन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले विद्यार्थी आन्दोलनलाई सही दिशा दिन र समाजको अग्रगामी परिवर्तनमा योगदान पुर्‍याउन नव निर्वाचित समितिलाई निर्देशन दिएका थिए ।

    उनले भने, “अखिल क्रान्तिकारीको झण्डा बोकेको विद्यार्थी समग्र विद्यार्थी आन्दोलनको नेता बन्नुपर्ने समय आएको छ।”

    सापकोटाले हाल विद्यार्थी आन्दोलनका प्रमुख एजेन्डाको नेतृत्व अखिल क्रान्तिकारीले गरिरहेको उल्लेख गर्दै त्यो सन्देश सबै शिक्षालयहरूमा फैलाउन जरुरी रहेको धारणा व्यक्त राखेका थिए। सम्मेलनमा अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकाल, उपमहासचिव निरोज श्रेष्ठ, सचिव योङ्छोहाङ माबो लगायतका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।

    यसैबीच, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटाका अनुसार देशभर विद्यार्थीहरूसँग संगठनको अभियान तीव्र रुपमा चलिरहेको छ। उनका अनुसार संगठनले चालू वर्षमा मात्रै ५ लाख नयाँ सदस्यता थप्ने लक्ष्य लिएको छ।

    सम्मेलनले संगठन सुदृढ गर्दै विद्यार्थीको हकहितका लागि थप सशक्त कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij