सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

कृषि कर्जालाई सरल र शुलभ बनाउन मन्त्री अधिकारीको अनुरोध


  • 532
    SHARES
  • https://indrenipost.com/posts/9450
    असार २३, २०८२ सोमबार
    कृषि कर्जालाई सरल र शुलभ बनाउन मन्त्री अधिकारीको अनुरोध

    काठमाडौँ, २३ असारः  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध मिलाउन नेपाल राष्ट्र बैकलाई आग्रह गरेका छन । केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँगको भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकतामा जोड दिएका छन । 

    “कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु” मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिएका छन। सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनुपर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना गर्नपर्नेमा मन्त्री अधिकारीले जोड दिए । 

    नेपाल राष्ट्र बैंकका गर्भनर डा पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको अबश्थामा आफनो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरी काम गर्न जरुरी रहेको बताए।

    किसानलाई व्यावसायिक नवनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरी लगानीको आवश्यकतामा गर्भनर डा पौडेलले जोड दिएका छन। 

    हालै विभिन्न जिल्लामा जाँदा माटो खेलाउनेले  कृषि ऋण नपाउने कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो पनि आफुले पाएको बताएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij