सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना


  • 523
    SHARES
  • https://indrenipost.com/posts/9426
    असार २०, २०८२ शुक्रबार
    देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २० असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

    आज दिउँसो देशभर साधारणतया बदली रहि देशका बिभिन्न भागमा मेघगर्जजन सहित पानि पर्ने सम्भावना रहेको जानकारी दिइएको छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको  सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने अनुमान गरिएकोछ ।

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती  र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ । सबै आम नागरिकमा बर्षाको समयमा सुरक्षित तवरले बस्न प्रशासनले अनुरोध गर्दै आएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij