शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
खेलकुद
मंगलबार, बैशाख ३० २०८२

काठमाडौं।  १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । यसअघिको खेलमा नेपालले श्रीलंकालाई

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष

बुधबार, बैशाख १० २०८२

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ । मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी

मंगलबार, बैशाख ९ २०८२

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् । एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई

शनिबार, बैशाख ६ २०८२

काठमाडौं। आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा

शनिबार, बैशाख ६ २०८२

काठमाडौं ।आइसिसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेल आज हुँदैछ। मुलपानी मैदानमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएईबीच भएको छनोट प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ। प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्दैछ। खेल बिहान साढे ९ बजेदेखि सुरू हुँदैछ। शनिबार हुने खेल जितेको अवस्थामा नेपाल आगामी वर्ष जिम्बावेमा

शुक्रबार, बैशाख ५ २०८२

 काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आज समापन समारोहमा उनले खेलकुदमा लगानी

शनिबार, चैत ३० २०८१

काठमाडौँ । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली हङकङ खेल्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको छ । प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग

बुधबार, चैत २७ २०८१

काठमाडौं । हङकङमा बुधबारदेखि सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल ३७ रन

आइतबार, चैत २४ २०८१

काठमाडौँ । नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए ।

बुधबार, चैत १३ २०८१

काठमाडौं । पञ्जाब किंग्सले गुजरात टाइटन्सविरूद्ध जित निकालेको छ। इण्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले गुजरातमाथि ११ रनको जित निकालेको हो। नरेन्द्र मोदी स्टेडियममा २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाएर २३२ रनमात्रै बनाउन सक्यो। गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाए। उनले

सोमबार, चैत ११ २०८१

  काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा को कार्यसमिति बैठक बस्दैछ । एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे  एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल हुदैँछ  । बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन

बुधबार, फागुन २८ २०८१

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् । नयाँ वर्गीकरण अनुसार ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघिको

बुधबार, फागुन २८ २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको ग्रेडिङ अनुसार, ग्रेड एमा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् । ग्रेड बी मा कविता जोशी पर्दा ग्रेड सीमा

बुधबार, फागुन २८ २०८१

काठमाडौँ । नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले

सोमबार, फागुन २६ २०८१

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो तेस्रो उपाधि हो । न्युजिल्याण्डले दिएको २५१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । भारतलाई जित दिलाउन

आइतबार, फागुन २५ २०८१

काठमाडौं। शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।  उद्‌घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ । एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ

बिहीबार , फागुन २२ २०८१

काठमाडौं । इङ्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पीएसजीमाथि रोमाञ्चक जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सुखद सुरुवात गरेको छ । बुधवार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०लाई उसैको घरमा १० ले पराजित गर्दै प्रिमियर लिग लिडर लिभरपुलले सुखद सुरुवात गरेको हो । पीएसजीको

बुधबार, फागुन २१ २०८१

  काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।  अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८।१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक

सोमबार, फागुन १९ २०८१

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको छ । केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो

सोमबार, फागुन १९ २०८१

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुुइजी बुफनबीच आज (सोमबार) भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आउनुुभएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले

सोमबार, फागुन १९ २०८१

काठमाडौं ।  केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ । मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै

शनिबार, फागुन १७ २०८१

काठमाडौं ।  केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदै ।  दोस्रो सेमिफाइनलमा आज केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । आयोजक केपी ओली एफसीले न्युरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो

बुधबार, माघ २३ २०८१

काठमाडौं । महिला त्रिकोणात्मक टी२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ । बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन् । फेबे मोल्केनबोयर पनि

आइतबार, माघ २० २०८१

काठमाडौं । त्रिकोणात्मक टीट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij