सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

४४ करोड ठगी आरोपमा बैंकर तामाङ पक्राउ


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1014
    असोज १९, २०७८ मंगलबार
    ४४ करोड ठगी आरोपमा बैंकर तामाङ पक्राउ

    काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो । 

    तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँभन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ । तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो । 

    सीआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो । तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ ।

    सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन् । डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij