सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

बेचबिखनका लागि भारत लैजाँदै गर्दा २२ वर्षीया युवतीको उद्धार, भारतीय युवा पक्राउ


  • 3.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1044
    असोज २०, २०७८ बुधबार
    बेचबिखनका लागि भारत लैजाँदै गर्दा २२ वर्षीया युवतीको उद्धार, भारतीय युवा पक्राउ

    काठमाडौं । बेचबिखनको लागि भारत लैजाँदै गरेको आशंकामा प्रहरीले एक युवतीलाई पर्साको वीरगञ्ज नाकाबाट उद्धार गरेको छ । 

    एक भारतीय युवाले प्रेमको नाटक गरेर भारत लैजाँदै गरेको अवस्थामा नुवाकोट घर भएकी २२ वर्षीय युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले भारत जाँदै गर्दा वीरगजञ्ज नाकाबाट उनको उद्धार गरेको हो ।

    विवाह गर्नेसहितका विभिन्न प्रलोभनमा पारेर ती युवतीलाई भारततिर लैजाँदै गरेका एक भारतीय युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । भारतको पूर्वी चम्पारणको भुलाही घर बताउने ३३ वर्षीय मुन्ना आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

    आलमविरुद्ध पर्सा जिल्ला अदालतमा  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।

    वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित वैकल्पिक नाकाबाट ती युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा आलम पक्राउ परेका हुन् । युवती बुर्का लगाई कसैले  नचिन्ने गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले रोकेको थियो । 

    आलमले ती युवतीलाई बारा घर भएका २१ वर्षीय अरविन्द रामसँग मिलेर सीमा पार गराउने तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आलमले आफू अविवाहित भएकाले विवाह गर्ने आश्वासन दिएर युवतीलाई झुटो प्रेमको नाटक गरेर बेचविखनको लागि भारत लैजान लागेको प्रहरीले जनाएको छ । 

    उद्धार गरिएकी युवतीलाई प्रहरीले आफन्त नेपालको संरक्षणमा राखेको छ। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij