काठमाडौं । न्यूरोडबाट प्रहरीले ७ किलो अवैध सुन बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज (बुधबार) बरामद गरेको हो ।
न्यूरोडस्थित ओपन गोल्ड शप प्रालिसँगैको कारखानामा प्रहरीले छापा मार्दा उक्त परिणामको सुन बरामद गरेको छ ।
सुन बरामद गरेसँगै कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।