काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ परेका छ।
(हिजो) बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घलेलाई सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
दुबईबाट अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवैलाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको र थप अनुसन्धान भइरहेको डीआईजी ठकुरीले जानकारी दिए ।