शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

लागूऔषधसहित ९ जना पक्राउ


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/5628
    पुष ५, २०८० बिहीबार
    लागूऔषधसहित ९ जना पक्राउ

    काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् ।

    झापाकाे धुलाबारी नगरपालिका-१० घर भएका ३० वर्षीय सबिन अलीसमेत ३

    जनालाई  प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा अलीको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   

    कास्कीकाे पोखरा महानगरपालिका-९ शिवटोल डेरा गरी बस्ने नुवाकोट घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

    श्रेष्ठको कोठामा गाँजा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार र बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।   

    सप्तरीकाे कंचनरुप नगरपालिका-२ बरमझियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ३ सय ग्रामसहित उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा प्र.२-०२-००२ प ९५२९ नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    हाल फरार उक्त मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । साथै दुर्घटनामा घाइते भएका प्र.२-०२-००२ प ९५२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको छ ।   

    सुनसरीकाे कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिद भूमि गाउँपालिका-४ बस्ने ३२ वर्षीय निजम राई र दाङ राप्ती नगरपालिका-९ बस्ने बिशाल थापा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   

    बर्दिया, राजापुर नगरपालिका-४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ७७ हजार ७ सय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बस्ने ३१ वर्षीय साजन कुरेशी र ३३ वर्षीय विष्णु श्रेष्ठ रहेका छन् ।

    विष्णु श्रेष्ठको भान्सा कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij