सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

संखुवासभा हत्या घटना : सबैको टाउकोमा गहिरो चोट, हथौडाले हानेको हुनसक्ने अनुमान


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/565
    भदौ २२, २०७८ मंगलबार
    संखुवासभा हत्या घटना : सबैको टाउकोमा गहिरो चोट, हथौडाले हानेको हुनसक्ने अनुमान

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ । घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । 

    सबैजनाको टाउकोमा हथौडाले हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । स्थानीयले धारिलो हतियार प्रहारबाट हत्या गरिएको आशंका गरे पनि कसैको शरीर काटिएको छैन । सबैको टाउकोमा हथौडा जस्तो वस्तुले हानेको चोट देखिएको डीएसपी सुवेदीले बताए । 

    घटनास्थलमा अहिले संघीय प्रहरी इकाई धरानबाट एसपी भीम दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि डीएसपी रुगम कुँवरको नेतृत्वमा एउटा टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदैछ । 

    तालिमप्राप्त कुकुर र फरेन्सिक टोली सोमबार साँझ नै घटनास्थल पुगेको थियो । आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 

    घरमा भएका ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जोगिएका छन्। बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या भएको छ । उनको शव घरभित्रै फेला परेको थियो । ५२ वर्षीय तेजबहादुरको शव घर नजिकै सडकमा भेटिएको थियो ।

    तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खोल्सामा फेला परेको थियो । रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव घर माथि मकै बारीमा फेला परेको थियो ।
     

    तेजबहादुरका दुवै छोरा विदेशमा छन् । जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन् । कान्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन् । जेठा रमेशका भने श्रीमती र छोराछोरीको पनि हत्या भएको हो । लाशको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको प्रहरीको अनुमान छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij