सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेपाल बैंकका कर्मचारीसहित तीन जनाविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा दायर


  • 6.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/570
    भदौ २३, २०७८ बुधबार
    नेपाल बैंकका कर्मचारीसहित तीन जनाविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । नेपाल बैंक लिमिटेड मलंगवा शाखा, सर्लाहीको सहायक पदमा सन्तोष विक्रम शाहसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको ऋण फाँटका सहायक सन्तोष विक्रम शाह विरुद्ध ४२ लाख विगो कायम गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर मुद्दा दायर गरेको छ ।

    ठेकदारसँग मिलोमतो गरी शाहले भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले लोकबीर बेताली र पाँच कुमारी जेभीका पार्टनरहरु अनिल गुप्‍ता र शिव नन्दन पासवानसगँको मिलोमतो गरेका अख्तियारले जनाएको छ ।

    सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरीमा अख्तियाले अनुसन्धान गरेकाो थियो ।

    अनुसन्धानमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत सरकारी रकम हिनामिना गरेको पुष्टि भएको छ । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij