शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई जना शिक्षक पक्राउ


  • 748
    SHARES
  • https://indrenipost.com/index.php/posts/5704
    पुष ९, २०८० सोमबार
    छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई जना शिक्षक पक्राउ

    काठमाडौं । काभ्रेमा विद्यालय छात्रालाई बलात्कार गर्ने प्रध्यानाध्यापकसहित दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा हिजो (आइतबार) पक्राउ गरिएको हो ।
    उनीहहरूले गत कात्तिकमा विभिन्न प्रलोभनमा पारी ती छात्रालाई बलात्कार गरेको श्रेष्ठले बताए ।

    पीडित पक्षको जाहेरी पश्चात् उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी श्रेष्ठले बताए ।
    पक्राउ परेका तीनै जना शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij