शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

२१ जना सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, अन्यथा सेवाबाट हटाइने चेतावनी


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/5747
    पुष ११, २०८० बुधबार
    २१ जना सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, अन्यथा सेवाबाट हटाइने चेतावनी

    काठमाडौं । एक महिनायता सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरूलाई सम्पर्क आउन निर्देशन दिएको हो ।

    उक्त कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

    एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।

    उनीहरू सात दिनभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने जारी सूचनामार्फत चेतावनी दिइएको छ ।

    हेर्नुहोस् सूचना :

    prahari-1703640515.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij