शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ


  • 793
    SHARES
  • https://indrenipost.com/index.php/posts/5757
    पुष ११, २०८० बुधबार
    ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    पर्वत । ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए ।

    सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो ।

    कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।

    तत्कालीन रजिस्ट्रार पराजुलीलाई रू एक करोड पाँच लाख घूस लिएको आरोप लागेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij