शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

नेपालगञ्जमा कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/5826
    पुष १६, २०८० सोमबार
    नेपालगञ्जमा कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु

    काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

    अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

    गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

    मृतकको सनाखत हुन सकेको छैन । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij