शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख नगद र १४ वटा मोबाइल बरामद


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/5946
    पुष २५, २०८० बुधबार
    रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख नगद र १४ वटा मोबाइल बरामद

    काठमाडौं । प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गरेको थियो ।

    उनको घरबाट सीआईबीको टोलीले तीन करोड भन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिइन् ।

    उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।

    सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो ।

    पक्राउ परेका बम्जनलाई आजै सार्वजनिक गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij