शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

रामबहादुर बम्जनविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश कहिले आउँला ?


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/5971
    पुष २६, २०८० बिहीबार
    रामबहादुर बम्जनविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश कहिले आउँला ?

    काठमाडौं । बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस पुरा भएको छ ।

    सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।

    न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस भएको थियो ।

    अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ ।

    बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

    आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बालयौन शोषण गरेको आरोप छ । सो मुद्दा बुधवार थुनछेक भएको हो ।

    जिल्ला अदालत सर्लाहीबाट जारी भएको वारेन्ट पुर्जीको आधारमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर सर्लाही पठाएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij