सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

संखुवासभा सामुहिक हत्याकाण्डका आरोपी पक्राउ


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/614
    भदौ २६, २०७८ शनिबार
    संखुवासभा सामुहिक हत्याकाण्डका आरोपी पक्राउ

    काठमाडौं । संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ परेका छन् । 

    संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको घटनामा प्रहरीले कार्की परिवारकै छिमेकी पक्राउ गरेको हो ।

    उनले हत्या स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । करिब ३० वर्ष उमेरका ति व्यक्तिले व्यक्तिगत रिसीबीका कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

    कार्की परिवारका ६ जना गत सोमबार बिहान मृत अवस्थामा फेला परेका थिए । सोमबार बाटो हिँड्ने स्थानीयले बाटोमा शव देखेपछि यस हत्याकाण्डबारे प्रहरीसम्म जानकारी पुगेको थियो । 

    पौन १० बजे प्रहरी चौकी मादिमुल खर्कमा उक्त घटनाबारे जानकारी आएपछि हवल्दारको कमाण्डमा ३ जना प्रहरी घटनास्थल खटिएर ‘क्राइम सिन’लाई सुरक्षित राख्ने काम गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय (इप्रका) चैनपुरबाट इन्सपेक्टर योगराज खतिवडाको कमाण्डमा अर्को टोली घटनास्थल पुगेको थियो । 

    घटनास्थल मादी मुलखर्कबाट १० र इप्रका चैनपुरबाट ५५ किलोमिटर टाढा पर्छ । प्रहरी पुग्दा एकै परिवारका ६ जना (८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय  छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपीन कार्की र ५ वर्षीया गोमा कार्की) मृत अवस्थामा भेटिएका थिए। ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने सकुशल थिए ।

    ८४ वर्षीया पावर्तीको शव घरमै भेटिएको थियो भने उनका छोरा तेजबहादुरको शव रोडको भित्तामा भेटिएको थियो । तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा भेटिएको थियो भने ८ वर्षीय वपिन र ५ वर्षीया गोमाको शव घरभन्दा १ किलोमिटर पर बारीको कान्लामा भेटिएको थियो । मृत भेटिएका अधिकांशको टाउकामा चोट थियो ।

    ६ जनाको सामूहिक हत्या घटना सार्वजनिक भएसँगै प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर विभिन्न अनुसन्धान टोली पठाएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij