शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

वन अधिकृत घुससहित पक्राउ


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/6180
    माघ १२, २०८० शुक्रबार
    वन अधिकृत घुससहित पक्राउ

    बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेस्थित सव डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई घुससहित पक्राउ गरेको छ ।

    उनलाई अख्तियारले नेपालगञ्ज उपमहानगरपालिका- ११ बाट नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्देलाई सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार नियन्त्रणमा लिइएको हो ।

    उनको साथमा स्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँ पनि भेटिएको घिमिरेले जानकारी दिएका छन् ।

    पार्देले काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियारको टोली खटिएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।

    यसबारेमा थप अनुसन्धान भइरहेको घिमिरेले जानकारी दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij