काठमाडौं । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताए ।
पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली छन् ।
आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।