सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

दसैँ, तिहार र छठ केन्द्रित सुरक्षा योजना

यस्तो छ, प्रहरीको दसैँ सुरक्षा तयारी

३३ सय सुरक्षाकर्मी परिचालन , ९ ठाउँमा हेल्प डेस्क


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/912
    असोज १२, २०७८ मंगलबार
    यस्तो छ, प्रहरीको दसैँ सुरक्षा तयारी

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा बस्ने र घरमा काम गर्नेहरुको फोटोसहितको विवरण राख्न सार्वजनिक सूचना जारी गरेको छ ।

    अपराधका सूचना दिन १९ बुँदे अनुरोध पत्र’ सार्वजनिक गर्दै काठमाडौं प्रहरीले दसैँ, तिहारको सुरक्षाका लागि ३३ सय सुरक्षाकर्मी परिचालन गरेको छ । काठमाडौं छाड्ने र विदेशबाट घर फर्किनेहरुको सहजताका लागि काठमाडौंका ९ ठाउँमा हेल्प डेस्क राखिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

    उनका अनुसार सुन्धारा, गौशाला, चावहिल चोक, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा हेल्प डेस्क राखिएको छ । सार्वजनिक सवारीमा यात्रीसँग बढी भाडा लिएमा र व्यवस्थापनमा लापरवाही गरेमा यात्रीले हेल्प डेस्कमा सम्पर्क गर्न सक्नेछन् ।

    जुवातास, व्यापारिक केन्द्रमा हुने लुटपाट र चोरी नियन्त्रणका लागि काठमाडौंमा सादा पोशाकमा प्रहरीको ३८ वटा टोली परिचालन गरिएको छ । खसी र कुखुरा किनबेच हुने ठाउँको सुरक्षाका लागि प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

    ‘चाडपर्वमा हुने लुटपाट र गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रण हुनेगरी सुरक्षा योजना लागु गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले भने, ‘लाखौं मानिस उपत्यका छाडेर बाहिर जाने र दसैँ, तिहारमा आर्थिक गतिविधि पनि धेरै हुने हुनाले अप्रिय घटना हुनबाट रोक्नेगरी सुरक्षा योजना लागु गरेका छौं ।’

    दसैँ, तिहार र छठको बेला मन्दिरमा भिड हुने हुनाले काठमाडौंका मुख्य १२ वटा मन्दिरमा प्रहरीले निगरानी बढाएको छ । काठमाडौंका गुम्बा आसपासको क्षेत्रमा पनि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । त्यस्तै, कोटेश्वर, बल्खु र चावहिल लगायत ११ ठाउँका टिकट काउन्टरमा पनि प्रहरीले निगरानी बढाएको छ । उपत्यका छाड्ने यात्रीका लागि टिकटको नियमित बेचविखन भए÷नभएको प्रहरीले निगरानी गरिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij