सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

कपनबाट हराएका बालक भारतको विहारमा फेला परे, केही दिनमा नेपाल ल्याइँदै


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/926
    असोज १३, २०७८ बुधबार
    कपनबाट हराएका बालक भारतको विहारमा फेला परे, केही दिनमा नेपाल ल्याइँदै

    काठमाडौं । काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

    भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस्नेत भन्छन्–‘अब काठमाडौँ ल्याउँदै छन् ।’

    बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिँडेका थिए । तेजिया पर्वका लागि आमा फलफूल किन्न गएको र फर्किँदा बच्चा नभेटेपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा खबर गरेका थिए । 

    महाराजगञ्ज प्रहरीले बेवास्ता गरेपछि उनीहरू बच्चा खोजिदिन आग्रह गर्दै मंगलबार महानगरीय अपराध महाशाखामा पुगेका थिए ।  विनोद र शंकरको बिचमा पूर्व चिनजान थियो । दुवै भारतको बिहारका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij