काठमाडौं । कपनबाट चार वर्षीय बालक पियुस शर्मालाई अपहरण गरेर बिहार पुर्याउने शंकर दास फरार भएका छन् । सोमबार दिउँसो चार बजे पियुसलाई लिएर उनी कपनबाट भागेका थिए ।
दुई दिनदेखि बेपत्ता पियुसको नेपाल प्रहरीको समन्यमा भारतीय प्रहरीले बिहार बधुबनीबाट मंलगबार साझ उद्धार गरेको थियो । पियुसलाई बधुबनीमा छोडेर दास फरार भएको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए ।
उनको नेपाल प्रहरी र भारतीय प्रहरीको समन्ययमा खोजी भइहेको बस्नेतले बताए । भारत बिहारका शंकर केहीदिन अघिमात्रै मार्वलको काम गर्न भन्दै नेपाल आएका थिए । उनले नेपालमा प्रयोग गर्ने मोबाइल फोनसमेत कोठामै छोडेर बालकलाइ लिएर गएका थिए ।