सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

सडक सुरक्षा

दशैंमा ट्राफिक प्रहरी सक्रिय, काठमाडौंको चोकचोकमा मापसे परीक्षण


  • 838
    SHARES
  • https://indrenipost.com/posts/1203
    असोज २९, २०७८ शुक्रबार
    दशैंमा ट्राफिक प्रहरी सक्रिय, काठमाडौंको चोकचोकमा मापसे परीक्षण

    काठमाडौं । आज विजयादशमी । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । मानिसहरु टीका लगाउन आफन्त कहाँ पुग्ने क्रम जारी छ ।

    सडक पहिला भन्दा सुनसान देखिएको छ । सार्वजनिक यातायात पनि फाट्टफुट्ट मात्रै संचालन भएका छन् । तर, सडकमा अहिले टीका लगाउन जानेको संख्या बढेको छ ।

    यसबिच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ प्वाइन्ट स्थापना गरेर सवारी साधनको चेकजाँच गरिरहेको छ ।

    ट्राफिकले चोकचोकमा मापसे र लाइसेन्स चेकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले चाडपर्वको बेला ट्राफिक नियम पालना गर्न सबैमा आह्वान गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij