शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रतिपक्षीलाई प्रश्न गर्दै राजीनामा नदिने गृहमन्त्रीको अडान


  • 433
    SHARES
  • https://indrenipost.com/posts/9284
    जेठ १४, २०८२ बुधबार
    प्रतिपक्षीलाई प्रश्न गर्दै राजीनामा नदिने गृहमन्त्रीको अडान

    काठमाडौँ।भिजिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका गृहमन्त्री रमेश लेखकले प्रतिपक्षीलाई तर्साएर पदबाट राजीनामा नदिने अडान लिएका छन्।

    मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्‌मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएका थिएनन्। उनले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरूलाई थुप्रै प्रश्न गर्दै आफूले राजीनामा नदिने बताएका हुन्।

    उनले एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न पनि गरे। लेखकले भोलि प्रतिपक्षी दलमा भएका नेताहरू पनि मन्त्री बन्नुपर्ने भन्दै ख्याल राख्न आग्रह गरे।

    ‘म माथि प्रश्न उठाउने माननीय साथीहरूलाई आग्रह गर्न चाहन्छु। म मात्रै शासन सत्तामा बसिराख्ने होइन। यो भन्दा पहिले पनि बसिसक्नु भएको छ। म मात्र बस्ने होइन। बस्नु पनि होला’, उनले भने ‘यो निरन्तर चलिराख्या छ। तर उहाँहरूले मलाई जोड्न खोजेको विषय भोलिका दिनमा उहाँहरूले यसरी नै शासन चलाउने अपेक्षा गर्नु भएको हो? यति कुरा मैले निवेदन गर्नुपर्छ। यदि त्यस्तो हो भने उहाँ पनि भोलि यस्ता प्रश्नबाट भाग्न पाउनुहुने छैन।’

    भोलिका दिनमा आफूलाई जस्तै प्रश्न उठेमा आफूहरूले पनि राजीनामा माग्नुपर्ने अवस्था सिर्जना हुने भन्दै धम्कीका शैलीमा लेखकले यस्ता विषयमा चुप लाग्नुपर्ने आशय व्यक्त गरे।

    मुलुकमा बढ्दै गरेको दण्डहीनतालाई प्रशय दिने गरी उनले प्रश्न उठ्दैमा राजीनामा दिनुनपर्ने बताए। साथै लेखकले आफूमाथि प्रतिपक्षी दलहरूले षड्यन्त्र गरेको आरोप पनि लगाए।

    उनले अगाडिका मन्त्रीका समयमासमेत मन्त्रालयकै कर्मचारीमाथि छानबिन हुँदा पदबाट राजीनामा दिनुनपरेको प्रशङ्ग उठाउँदै तीन वर्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको केसहरूसमेत प्रस्तुत गरेका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij