शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

पोखरामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/9304
    जेठ १५, २०८२ बिहीबार
    पोखरामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । पोखरा महानगरपालिका–२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    साथीहरूका साथमा पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

    अस्तामका ६ बालक मर्दीमा पौडी खेल्न गएका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij