आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

अपराध

बढ्न थाले महिलामाथि हिंसाका घटना


  • 685
    SHARES
  • https://indrenipost.com/posts/1246
    कात्तिक १, २०७८ सोमबार
    बढ्न थाले महिलामाथि हिंसाका घटना

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।

    “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भने, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।”

    उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिंसा पीडित २८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ । 

    ती मध्ये महिला २७६ र बालिका पाँच छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन् ।

    यसैगरी, अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पुर्याइएको छ । सेफ हाउसमा पीडित भई पुगेका २०  महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ । गत साउन, भदौ र असोजमा गरी ५० महिला माथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ । 

    सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले भनिन्, “प्राप्त धेरै उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ । जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पुर्याइ पीडितलाई न्याय दिलाउने काम हुँदै आएको छ ।” उनका अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij