आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

सुन र चाँदीको मूल्य बढ्यो


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1290
    कात्तिक ३, २०७८ बुधबार
    सुन र चाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

    महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij