मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

मनकामनामा बढ्दै दर्शनार्थी


  • 937
    SHARES
  • https://indrenipost.com/posts/1971
    मंसिर ५, २०७८ आइतबार
    मनकामनामा बढ्दै दर्शनार्थी

    गोरखा । गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोना महामारीले लामो समय बन्द भई भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।

    हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए ।

    शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । तीमध्ये छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् ।

    मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए ।उनकाअनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन छ हजार ७०० जनाले चढेको पहिलोपटक हो ।

    कोरोना महामारीअघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी संख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए ।

    मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको तल्लो प्रदेशद्वार चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij