बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

प्रधानमन्त्री ओलीद्धारा सबै भूमिहीनलाई लालपुर्जा दिलाउने काम गर्न आग्रह


  • 298
    SHARES
  • https://indrenipost.com/posts/9827
    साउन २७, २०८२ मंगलबार
    प्रधानमन्त्री ओलीद्धारा सबै भूमिहीनलाई लालपुर्जा दिलाउने काम गर्न आग्रह

    काठमाडौँ, २७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोगलाई सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न आग्रह गरेका छन । वर्तमान सरकार स्थिर भएकाले आयोगले ढुक्कका साथ काम गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले दुई साताभित्र सबै जिल्लाका आयोगहरू पूर्ण रूपमा सक्रिय हुन निर्देशन दिएका छन ।
    प्रधानमन्त्री ओलीले भने, “यो आयोग विगतझैं काम नगर्न गठन गरिएको छैन, परिणाम निकाल्न र भूमिहीनलाई राहत दिन गठन गरिएको हो।” उनले अव्यवस्थित बसोबासी र भूमिहीनलाई जमिन पाउनुपर्ने बताउँदै आवश्यक परे सरकार कानुन संशोधनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
    गोष्ठीमा गृहमन्त्री रमेश लेखकले सबैलाई संवैधानिक हकअनुसार लालपुर्जा दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन भने, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले आयोगको कानुनी तर्जुमासहित काम तीव्र बनाइएको जानकारी दिए ।
    आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, प्रमाणीकरण, नाप नक्सा, विवाद समाधान र लालपुर्जा वितरणको योजना तीन तहको सरकारसँग सहकार्यमा अगाडि बढेको जानकारी दिएका छन ।
    प्रधानमन्त्रीले स्वार्थ समूहको प्रभावबाट बच्दै बदनाम नहुनेगरी काम गर्न आयोगलाई निर्देशन समेत दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij