बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

देशभर मनसुन सक्रिय, पहिरो र बाढीको उच्च जोखिम


  • 289
    SHARES
  • https://indrenipost.com/posts/9828
    साउन २८, २०८२ बुधबार
    देशभर मनसुन सक्रिय, पहिरो र बाढीको उच्च जोखिम

    काठमाडौँ, २८ साउनः मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले आज दिउँसो पूर्णतया बदली हुने जनाएको छ ।
    देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कर्णाली प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
    आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पूर्णतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । गण्डकी र कर्णालीका पहाडी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षा, साथै केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान छ ।
    विभागले वर्षाका कारण पहाडी भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने, यातायात प्रभावित हुने सम्भावना भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij