बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

माइक्रोसफ्टदेखि ट्वीटरसम्म प्राविधिक कम्पनीमा भारतीय मूलका सीईओको दबदबा !


  • 3.2K
    SHARES
  • https://indrenipost.com/posts/2241
    मंसिर २२, २०७८ बुधबार
    माइक्रोसफ्टदेखि ट्वीटरसम्म प्राविधिक कम्पनीमा भारतीय मूलका सीईओको दबदबा !

    बीबीसी । अघिल्लो हप्ता मात्र पराग अग्रवाल विश्वकै सर्वाधिक ठूलो कम्पनी, ट्वीटरका कार्यकारी प्रमुखको पदमा नियुक्त भएका छन् । 

    यसरी विश्वका सबैभन्दा प्रभावशाली सिलिकन भ्याली कम्पनीका प्रमुखका रुपमा अग्रवाल पनि अन्य एक दर्जन बढी भारतीय मूलका प्राविधिक विज्ञहरुसँग सम्मिलित भएका छन् । 

    माइक्रोसफ्टका सत्या नाडेलादेखि, अल्फाबेट अर्थात् गुगलका प्रमुख सुन्दर पिचाइ र आईबीएम, एडोब, पालो अल्टो नेटवर्क, एएमडब्लुआर, भिमो जस्ता अन्य ठूला कम्पनीमा पनि भारतीय मूलकै प्रमुखहरुको बिगबिगी छ । 

    अमेरिकी जनसङ्ख्यामा भारतीय मूलका नागरिक केबल १ प्रतिशत छन् र सिलिकन भ्यालीका कर्मचारीहरुमा पनि भारतीय मूलका नागरिकको ६ प्रतिशत योगदान छ । तर शीर्ष पदहरुमा उनीहरुको प्रतिनिधित्व उल्लेखनीय रुपमा उच्च रहेको देखिन्छ । यस्तो किन रु

    “दुनियाँको अर्को कुनै पनि मुलुकले भारत जसरी त्यति ठूलो सङ्ख्यामा नागरिकहरुलाई प्राविधिक प्रशिक्षण दिएको छैन,” टाटा सन्सका प्रमुख आर गोपालक्रिस्नन भन्छन् । 

    उनले थप भने, “जन्म दर्तादेखि मृत्यु दर्तासम्म, स्कुल भर्नादेखि जागिर पाउँदासम्म, अपर्याप्त संरचनादेखि अपर्याप्त क्षमतासम्म, भारतमा हुर्किएकाहरु प्राकृतिक रुपमै म्यानेजर बन्न सक्षम भइसक्छन् । ”

    ठूलो जनसङ्ख्या भएकाले पनि कोलाहल र प्रतिस्पर्धाले उनीहरुलाई सबै किसिमका चुनौति र समस्या समामधान गर्ने बानी सिर्जना गरिदिन्छ । त्यस्तै उनीहरुलाई सानैदेखि व्यक्तिगत जीवन भन्दा प्रोफेसनल जीवनलाई प्राथमिकता दिन पनि सिकाइएको हुन्छ । यो प्रवृत्ति विशेषगरी अमेरिकी संस्कृतिमा मद्दतगार साबित हुने गर्दछ । 

    उनले थप भने, “यस्ता गुणहरुले पनि भारतीयहरुलाई दुनियाँको जुनसुकै ठाउँमा शिर्ष लिडर बन्न योग्य बनाइदिन्छ । ”

    त्यस्तै भारतमा जन्मिएका सिलिकन भ्याली सिइओहरु अमेरिकाका सबैभन्दा धनी र शिक्षित ४० लाखको अल्पसङ्ख्यक समुहमा पनि पर्दछन् । 

    यसमा दश लाख भन्दा बढी वैज्ञानिक र इन्जिनियर छन् । अमेरिकाले जारी गरेको एच–१बी भिसा अर्थात ‘वर्क पर्मिट’ भएका विदेशीहरुमा ७० प्रतिशत भारतीय सफ्टवेयर इन्जिनियरका रुपमा कार्यरत् छन् । सिएटलमा मात्र विदेशी इन्जिनियरहरु मध्ये ४० प्रतिशत भारतीय रहेका छन् । 

    यो भनेको अमेरिकी आप्रवासन नीतिमा धेरै ठूलो परिवर्तन हो ।

    नागरिक अधिकार सम्बन्धी आन्दोलन पश्चात् अमेरिकाको सबै रोजगार क्षेत्रमा क्षमतालाई प्राथमिकता दिँदै विभिन्न कोटाहरु प्रतिस्थापन गरिएको थियो । यसैपछि देखि नै उच्च रुपमा शिक्षित भारतीय, जस्तै वैज्ञानिक, इन्जिनियर डाक्टर अनि ठूलो सङ्ख्यामा सफ्टवेयर इन्जिनियरहरु अमेरिका आउन थालेका हुन् । 

    यसपछि भिसा प्रणालीले अमेरिकी बजारमा प्राविधिक कर्मचारीहरुको बढ्दो मागलाई ध्यानमा राख्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित जस्ता विषयमा पढेकाहरुलाई अझ बढी प्राथमिकता दिन सुरु गर्यो । 

    यस किसिमले अति शिक्षित आप्रवासीहरुको यति ठूलो सङ्ख्या अन्य कुनै देश या समुहसँग मेल खाँदैन । वास्तवमा उनीहरु प्रतिष्ठित कलेजमा मास्टर्स गर्न आर्थिक रुपमा सक्षम भएर पनि विदेशमा तल्लो स्तरदेखि नै सुरुवात गरिरहेका हुन्छन् र धेरै कर्मठ स्वभावका हुने गरेको बताइन्छ । 

    यसमा नाम चलेका ठूला कम्पनीका अधिकांश भारतीय सीइओहरुले तल्लो स्तरको पददेखि सुरु गरेर बिस्तारै आफ्नो बाटो बनाएका छन् । यसले पनि उनीहरुलाई संस्थापक सिइओबाट छुट्याउँछ जसलाई प्रायः अभिमानी र आफ्नै हक मात्र अरुमाथि थोप्ने आरोप लगाइँदै आएको छ । 

    जस्तै नादेला र पिचाइ जस्ता व्यक्तिहरुले कार्यस्थलमा सावधानी र नम्र संस्कृति स्थापित गराएकामा प्रख्यात छन् ।

    सुन्दर पिचाइले २००४ देखि गुगलमा काम गर्न सुरु गरेका हुन् । उनले पहिले उत्पादन व्यवस्थापनको नेतृत्व गर्दथे । र यसपछि गुगल क्रोम, क्रोम ओएस लगायत सफ्टवेयर प्रडक्ट्स अनि गुगल ड्राइभको स्थापनामा ठूलो भूमिका खेलेका हुन् । उनी अगस्ट १० मा गुगलका नयाँ सिइओ घोषित भएका हुन् । 

    माइक्रोसफ्टका सत्य नाडेला पनि २०१४ मा कम्पनीका कार्यकारी प्रमुख बनेका बेला माइक्रोसफ्टको कार्यस्थल माहोल राम्रो नभएको मानिन्छ । तर उनको आगमनपछि सबै परिवर्तन भयो । 

    यसरी एडोबका सिइओ शान्तनु नारायेन र एरिस्टा नेटवर्कसका जयशी उला, पेप्सीकोका इन्द्रा नोयी सबैले संघर्षरत् अवस्थामा कम्पनीको जिम्मा पाएका थिए र पछि गएर आफ्नो संयमताले सम्पूर्ण रङरुप बदलिदिएका हुन् । 

    सांस्कृतिक मूल्य मान्यताका कारण पनि माइक्रोसफ्ट, गुगल, आइबीएम, ट्वीटर जस्ता कम्पनीले उत्तिकै योग्य अमेरिकीहरुको सट्टा विदेशमा जन्मिएका प्राविधिक विज्ञहरुलाई छनोट गरेका छन् । एक अर्ब भन्दा बढी जनसङ्ख्या भएको देशबाट आएका उनीहरुकहाँ व्यापक भ्रष्टाचार, कमजोर संरचना र सिमित अवसरहरु मात्र हुन्छन् जसले उनीहरुलाई सबै किसिमको वातावरणसँग अनुकूल भएर काम गर्न योग्य बनाउँदछ । 

    यसकारण पनि ट्वीटरको बोर्डले भारतमा जन्मिएका पराग अग्रवाललाई नयाँ सिइओ नियुक्त गर्न एकसाथ सहमति जनाएको बताइन्छ । 

    विशेषगरी यतिबेला प्राविधिक कम्पनीहरुले कानुनी हमला झेलिरहनुपरेको छ र सरकारसँगको विवादमा उनीहरुको संयम व्यवहार धेरै उपयोगी बन्न सक्छ । यसकारण पनि उनीहरुलाई शिर्ष पदका लागि योग्य ठानिँदै आएको छ ।

    यसका साथै मिहिनेती प्रवृत्तिले पनि उनीहरुलाई अरु भन्दा फरक तुल्याउने सन माइक्रोसिस्टमका सहसंस्थापक एवम् भारतीय–अमेरिकी अर्बपति विनोद खोस्ला बताउँछन् । 

    त्यस्तै अधिकतम भारतीयहरु अङ्ग्रेजीमा पोख्त हुनुले पनि अमेरिकाको विविध उद्योगमा छिटै घुलमिल हुन धेरै मद्दत पुर्याउँदछ । 

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij