बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2416
    पुष १, २०७८ बिहीबार
    पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन् ।

    यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । हाल ९६ जना क्वारेन्टाइनमा छन् । १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा देशभर २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij