आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचारका लागि पुग्ने


  • 577
    SHARES
  • https://indrenipost.com/posts/9577
    साउन ५, २०८२ सोमबार
    भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचारका लागि पुग्ने

    चितवन, ५ साउनः वर्षा सुरु भएसँगै भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अस्पतालले पछिल्लो तीन महिनामा मात्र २९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अहिले दैनिकजसो १० देखि १२ जना सर्पदंश पीडित उपचारका लागि अस्पताल आउने गरेका छन् ।
    अस्पतालको आकस्मिक कक्ष प्रमुख डा.अलाउद्दिन मियाँका अनुसार वैशाखमा ६०, जेठमा १०५ र असारमा १२६ जना सर्पदंशका बिरामीको उपचार गरिएको हो । तीमध्ये असारमा ९ जना र जेठमा ५ जना विशालु सर्प जस्तै करेत, कोभ्रा, गोमन, भाइपरले टोकेका थिए ।
    चितवनसहित मकवानपुर, नवलपरासी बर्दघाट–सुस्ता पूर्व, तनहुँ, गोरखा र लमजुङबाट पनि बिरामी भरतपुर अस्पतालमा आउने गरेका छन् । सर्पले टोकेका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर अवस्था अनुसार उपचार गरिन्छ । विशालु सर्पले टोकेका बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमै उपचार हुँदै आएको छ ।
    डा.मियाँका अनुसार करेत, गोमन र कोभ्राले टोक्दा बिरामीको स्नायुतन्त्रमा असर गर्छ भने भाइपर सर्पको टोकाइले रगतको तत्वमा असर गर्ने गर्दछ । अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी भएकाले यहाँ बिरामीको चाप उच्च देखिएको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij