बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 928
    SHARES
  • https://indrenipost.com/posts/2481
    पुष ४, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७८४ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार २७१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २८९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ । 

    उक्त अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ । हाल ९५ जना क्वारेन्टाइनमा छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij