काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ ।
सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताए ।
सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ ।