काठमाडौं । पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा चार हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र एक हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कूल संक्रमितको संख्या आठ लाख २५ हजार९५४ जना पुगेको छ । कूल संक्रमितमध्ये पाँच हजार २२५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या आठ लाख नौ हजार १५५ पुगेको छ ।
उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।