बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

‘ओमिक्रोन’ संक्रमणको त्रास, सिमानामा छैन छेकबार


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/2590
    पुष ११, २०७८ आइतबार
    ‘ओमिक्रोन’ संक्रमणको त्रास, सिमानामा छैन छेकबार

    काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ । दैनिक संक्रमित बढिरहेका छन् ।

    दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन् । भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ । तर, रोक्न तयारी चुस्त बनाइएको छैन । सीमा नाका खुला छन् । स्वास्थ्य मापदण्ड पालना छैन ।

    कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए । सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो ।

    अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् । सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ ।

    कैलालीको गौरीफन्टा नाका हुँदै सहजै आवतजावत भइरहेको छ । बैतडी पुरचौंडीका नरेन्द्र साउद बिहीबार भारतको बेंगलोरबाट यो नाका हुँदै भित्रिए । नाकामा उनको स्वास्थ्य परीक्षण भएन ।

    सिधै अटो रिक्सा चढेर धनगढी बसपार्क पुगे । ‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर छैन । स्वास्थ्य परीक्षण गर्ने झन्झटभन्दा त सिधै अटो चढेर आइयो’, उनले भने ।

    उनी जस्तै यो नाका हुँदै दैनिक सयौं नागरिक नेपाल आउँछन् । सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि यहाँ परीक्षण गराउने कम छन् ।

    परीक्षण गरिएका र पोजेटिभ देखिएका बाहेक कसैलाई पनि क्वारेन्टाइनको व्यवस्था छैन । उनीहरू सोझै सार्वजनिक यातायात चढेर घर पुग्छन् । यो समाचार अन्नपूर्णपोष्टमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij