काठमाडौं । सरकारले भोलि पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान एक साताका लागि स्थगित हुने भएको छ ।
खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव भएका कारण सो अभियान एक साता पछि सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गीता कौशल मिश्रले पनि खोप अभियान हाललाई स्थगित भएको पुष्टि गर्दै पुनः शुरू गर्ने मिति केही दिनमै सार्वजनिक गरिने बताए ।
मन्त्रालयले ३ वटा प्रदेशका ८ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप अभियान चलाउने घोषणासहित तालिका सार्वजनिक गरेको थियो ।